यौन

अर्काकी श्रीमतिसँग रंगेहात भेटिएका पुरुषले पाँचौं तलाबाट हाम फालेपछि…

By खबरहब

May 16, 2019

भारत– अर्काकी श्रीमतीसँग आपत्तिजनक अवस्थामा भेटिएका एक जनाको भाग्ने क्रममा पाँचौं तलाबाट हाम फाल्दा ज्यान गएको छ । घटना भारतको दिल्लीको हो ।

दक्षिणी दिल्लीको टिग्री क्षेत्रमा रहेको जेजे कोलोनीमा बसोबास गर्दै आएका ती पुरुषलाई आपत्तिजनक अवस्थामा ती महिलाका श्रीमानले भेटेका थिए । ती महिलाका श्रीमानले दुई जनालाई आपत्तिजनक अवस्थामा देखेपछि हतार हतार भाग्ने क्रममा ती पुरुषले भवनको पाचौं तल्लाबाट हाम फालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्रीमान घर बाहिर गएपछि ती महिलाले अर्को पुरुष बोलाएकी थिइन् । तर केही समयमै ती महिलाका श्रीमान् घर फर्किँदा उनले आफ्नी श्रीमती अर्कै पुरुषसँग राजलीला मच्चाइरहेको अवस्थामा रंगेहात भेटेका थिए । त्यो पनि कोठाभित्रबाट चुकुल नलगाएको अवस्थामा । श्रीमानले परपुरुषसँग भेटेपछि ती महिलाले आत्महत्याको प्रयास गर्न खोजेपनि दुबै पुरुषले उनलाई मर्न भने दिएनन् ।

त्यसपछि महिलासँग आपत्तिजनक अवस्थामा भेटिएका ती व्यक्ति कोठाबाट हतार हतार भाग्ने क्रममा भवनको पाचौं तलाबाट हाम फालेका थिए । हाम फालेपछि स्थानीय र प्रहरीले उनलाई अस्पताल पुर्‍याए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । प्रहरीले तीनै जनाको मोबाइल फोन जफत गरेर अनुसन्धान जारी राखेको जनाइएको छ ।