अन्तर्राष्ट्रिय

चीनमा पर्खाल भत्किँदा ५ जनाको मृत्यु

By खबरहब

May 16, 2019

चीन– चीनको साङ्घाई शहरमा रहेको एक पर्खाल भत्किँदा ५ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।

साङ्घाई शहरस्थित चाङ्निङ जिल्लामा रहेको एउटा कारखानाको पर्खाल भत्किँएको हो ।  पर्खाल भत्किँदा  घाइते भएकाहरुकाे उपचारका लागि अस्पताल लगिएको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।  पर्खाल नियन्त्रित रुपमा भत्काउने क्रममा दुर्घटना भएको बताइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको सिन्ह्वाले जनाएको छ ।