रोचक/विचित्र संसार

लुगा लगाउँदा यस्तो क्यूट देखियो बाख्रीको पाठो !

By खबरहब

July 16, 2019

एजेन्सी– अमेरिकाको न्युजर्सीको एन्नाडेलमा एक ६ महिने पोली नामक पाठोलाई कपडा लगाउने गरिएको छ ।

हाँसको जस्तो पहिरन लगाइ दिएपछि त्यो पाठको सम्पूर्ण तनाव हराउने गरेको पाइएको छ ।  जन्मजात अन्धो भएकाले दुखित र चिन्तित रहने गरेका पोली नाम पाठो यस्तो पोशाक लगाइदिँदा शान्त र मख्ख पर्ने गरेको पशु आरक्षण केन्द्रका व्यवस्थापक लियान्ने लरिसेल्लाले बताएकी छिन्।

पोलीको मालिक घरदेखि टाढा काम गर्नुपर्ने भएकाले त्यसलाई चार महिनाअघि त्यो केन्द्रमा ल्याइएको थियो। वास्तवमा बालबिालिकाका लागि बनाइएको हाँसको उक्त पहिरन लगाइदिँदा पोली निकै न्यानो मानी मस्ता निँदाउने गरेका बताइएको छ।