रोचक/विचित्र संसार

मोटी दुलही ल्याउनुहोस्, वैवाहिक जीवनबाट खुसी हुनुहोस्

By खबरहब

August 16, 2019

अध्ययन अनुसार मोटी युवती रोज्ने पुरुषहरुको जीवनमा खुशी छाउने देखिएको छ । नेशनल अटोनामस युनिभर्सिटी अफ मेक्सिकोमा भएको सोध अनुसार, मोटी महिला तथा युवतीहरुको जीवनसाथी दुब्ली तथा पातली महिलाहरुको तुलनामा १० गुना बढी खुशी रहन्छन् ।

अध्ययनमा भनिए अनुसार, मोटी युवतीहरु आफ्नो जीवनसाथीलाई जिममा जान तथा सँधै फिट रहन भन्दै किचकिच गर्दैनन् । अनि उनिहरु आफुपनि तौल कम गर्ने भनेर कोसिस गर्दैनन् । दुवै जना सँग सँगै खानेकुरा खान मन पराउँछन् ।

तर, पुरुषहरुको रोजाइमा भने अग्लो तर पातलो युवती नै पर्ने गर्छन् । तर, केही समय अधि मात्र गरिएको सोध अनुशन्धान अनुसार, मोटी महिलाहरुसँग बिबाह गरेका वा प्रेम सम्बन्धमा रहेका पुरुष धेरै खुशी रहन्छन् ।

अध्ययन अनुसार, मोटी महिलाहरुसँग प्रेममा परेका पुरुष धेरै मुस्कुराउँछन् र जीवनको लागि उनको व्यवहार धेरै सकारात्मक रहन्छ । उनीहरु धेरै खुशी हुन्छन् । यति मात्र होइन, सेन्स अफ ह्युमर पनि एकदमै राम्रो हुन्छ ।