मनोरञ्जन

पशुपति शर्माको गीत विवादपछि लोकदोहोरी प्रतिष्ठानको आकस्मिक बैठक

By खबरहब

February 17, 2019

काठमाडौं – लोकगायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ विवादपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आकस्मिक बैठक बस्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले आज (आइतवार) दिउँसो दुई बजे प्रतिष्ठानको आकस्मिक बैठक बस्ने लागेको खबरहबलाई बताए ।

‘पशुपति शर्मा जीकै विषयलाई लिएर आकस्मिक बैठक बस्न लागेका हौँ, सबै संगीतप्रेमीलाई चित्त बुझ्ने निर्णय आउनेछ, ढुक्क हुनुस् ।’, अध्यक्ष पंगेनीले भने ।

उनले गायक शर्मा भैरहवामा भएकाले काठमाडौं आइपुग्दा केही ढिला हुनसक्ने पनि बताए ।

पशुपति शर्माले सार्वजनिक गरेको सोही गीतका केही शब्दलाई लिएर सत्तापक्षका भातृ संगठनले सामाजिक सञ्जालमा शर्मालाई बहिष्कार गर्न/गराउन भन्दै विज्ञप्ति जारी गरेका थिए । सरकारी पक्ष पनि असन्तुष्टि देखिएको थियो । शर्माले उक्त गीत युट्युबबाट हटाएका छन् । उक्त गीतलाई अरु प्रयोगकर्ताले भने फेसबूक तथा युट्युबमा अपलोड गरिरहेका छन् ।

गायक शर्मा मिडियाको सम्पर्कमा आएका छैनन् । उनले सामाजिक सञ्जाल फेसबूकमा गीतका केही शब्दमा परिमार्जन गरेर पुनः अपलोड गर्ने बताएका छन् ।