रोचक/विचित्र संसार

साथीलाई ‘ह्याण्डसम’ भन्दा समाचार वाचिकाको जागिर चट्

By खबरहब

July 18, 2019

एजेन्सी- सामान्यतया कसैलाई ह्याण्डसम अर्थात ब्युटिफुल भन्नु कुनै नौलो कुरा होइन । झन् यसो भन्दैमा कारबाही नै भोग्नु पर्छ भन्ने त कसैले सोचेको समेत हुँदैन । तर, भयो त्यस्तै आफ्नै सहकर्मी साथीलाई ह्याण्डसम भन्दा समाचार वाचिकाको जागिर नै निलम्बनमा पर्‍यो ।

यो घटना नेपालको भने होइन, कुवेतमा आफ्नो पुरुष साथीलाई सुन्दर अर्थात ह्याण्डसम भनेको भन्दै समाचार वाचिका निलम्बनमा परिन् । एक बर्ष अघि चुनावी समाचार संकलनका क्रममा आफ्नो साथीलाई सुन्दर देखिएको भनेको निहुँमा उनी निलम्बन परेकी हुन् । उक्त टेलिभिजन कुवेत सरकार सूचना मन्त्रालयले सञ्चालनमा ल्याएको हो ।

संयोग हो या कुनै दुराशय राखेर बोलेको भन्ने विषयमा मन्त्रालयमा छलफल चलेकाले समाचार वाचिकलाई निलम्बन गरिएको अधिकारीहरुले बताएका थिए । उक्त समाचार सामाजिक सञ्जाल ट्विटरमा भाइरल भएपछि छानविनका लागि सरकारलाई झनै दबाब परेको थियो ।