देश/प्रदेश

जीप दुर्घटनामा घाइते भएका प्रमुख जिल्ला अधिकारीको मृत्यु

By खबरहब

February 18, 2019

काठमाडौं– वनभोज कार्यमबाट फर्किएर आउँदा जीप दुर्घटनामा परेर गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ ।

प्रजिअ त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा भट्टराईको मृत्यु भएको हो ।

गत माघ १२ गते कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको पिकनिक कार्यक्रमबाट फर्किने क्रममा प्रजिअ भट्टराईसहित चढेको स्कारपियो जीप दुर्घटनामा परेको थियो ।

दुर्घटनामा सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) बलराम पोख्रेलको घटनास्थलमै मृत्यु भएको थियो ।