रोचक/विचित्र संसार

कोब्राको टाउँकोमा सुनौलो रंगको प्रकाश चम्किन थालेपछि…

By खबरहब

August 18, 2019

एजेन्सी– सामान्यतया सर्प देखेपछि मानिसहरु डराउँछन् । तर, हालै भारतमा एक अनौठो खालको सर्प देखिएपछि हेर्ने मानिसहरुको भीड लागेको छ ।

भारतको कर्नाटकस्थित होलमाकी गाउँमा अचम्मको कोब्रा जातिको सर्प फेला परेको हो । जसको टाउँकोमा सुनौलो रंगको प्रकाश चम्किन्थ्यो । सर्पको शीरमा प्रकाश चम्किएपछि नाग देवता भन्दै सर्पको पूजाआजा गर्ने मानिसको भीड लागेको थियो ।

समाचारका अनुसार होलमाकी गाउँका एक स्थानीयको कुकुर खेतमा गएर अचानक भुक्न थाल्यो। त्यो देखेर मानिसहरु त्यहाँ पुगे । त्यहाँ पुग्नेवित्तिकै मानिसहरुले कोब्रा जातको अनौठो सर्प देखे । तर, सर्प विशेषज्ञका अनुसार त्यहाँ कुनै चमत्कारी नभएको बताएका छन् ।