अन्य

राखेपको प्रशासन विभागमा थापा

By खबरहब

July 19, 2019

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभाग प्रमुखको जिम्मेवारी कुलबहादुर थापालाई दिइएको छ ।

रिक्त पदमा शुक्रबार थापालाई प्रशासन विभागका प्रमुखको जिम्मेवारी दिइएको हो । पूर्व प्रमुख बासुदेव आचार्यले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त थियो ।

यसअघि थापा खेलकुद विकास विभागमा थिए । खेलकुद विकास विभागमा संघ संस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेतलाई जिम्मेवारी दिइएको छ ।

बस्नेतको ठाँउमा ज्ञानेन्द्र श्रेष्ठ प्रमुख तोकिएका छन् । त्यस्तै मधुसुदन बस्नेत खेलकुद प्रतियोगिता तथा योजना विभागको प्रमुख बनेका छन् ।