रोचक/विचित्र संसार

रक्सीले नुहाउँछिन् यी महिला, महिनामा १ करोड बढी खर्च

By खबरहब

July 19, 2019

हुन त सम्पत्ति भएपछि आफ्नो हिसावमा त्यो सम्पत्तिको खर्च गर्नु कुनै अनौठो कुरा होइन । तर, संसारमा केही व्यक्ति यस्ता छन् जो सोच्नै नसकिने काममा अनावश्यक पैसा खर्च गरिरहन्छन् ।

आज हामीले पाकिस्तान मुलका बेलायती अर्वपति मोहम्मद जुहरकी श्रीमती कमालियाको शौख सम्बन्धि केही प्रसङ्ग पस्किएका छौं ।

सुन्दै पनि तपाईंलाई पत्यार नलाग्न सक्छ । उनी नुहाउनका लागि मात्र प्रत्यक दिन २०/३० बोत्तल स्याम्पेन नामको रक्सी बाथटपमा खन्याउँछिन् ।

त्यो एक बोतल स्याम्पेनको बजार मूल्य कम्तिमा सात हजार रुपैयाँ पर्छ । यसलाई हिसाव गर्दा उनले नुहाउनकै लागि दैनिक कम्तिामा तीन लाख रुपैयाँ खर्च गर्छिन् । यसलाई महिनाको हिसाव गर्दा करिव १ करोड हुन आउँछ ।

यतिमात्र होइन, कमालियाले आफ्नो शानसौकत देखाउनकै लागि २०/२२ जना काम गर्ने मान्छे राखेकी छिन् । जसको खर्च दुई करोड भन्दा बढि रहेको छ । उनी ६४ लाख रुपैयाँ पर्ने हिरा जडिएको घडी लगाउँछिन् ।

उनको विभिन्न स्थानमा १० वटा घर र प्राइभेट जेट रहेको छ । वार्षिक ६ लाख चस्मा र ३२ लाख रुपैयाँ जुत्तामा खर्च गर्छिन् । यतिमात्र होइन, एक रात बिताउनको लागि पेरिसको सबैभन्दा ठूलो होटेल सुट इम्पेरियल जान्छिन् र त्यहाँ ३५ लाख खर्च गर्छिन् ।