देश/प्रदेश

रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षले दिए राजिनामा (विज्ञप्ति सहित)

By खबरहब

August 19, 2019

चितवन– रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले आफू संघर्ष समितिको अध्यक्षमा नरहेको जनाएका छन् ।

उनले एक विज्ञप्ति जारी गरी छानविन कार्यलाई नै प्रभावित हुने गरी उच्छृंखल गतिविधि हुन लागेको महसुस भएकाले राजीनमा दिएको विज्ञप्तिमार्फत जनाएका छन् ।

‘स्वतन्त्र छानविन र निष्पक्ष न्यायको लागि शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा हाम्रो समितिको नामबाट हुने कार्यक्रममा असान्दर्भिक रुपमा व्यक्ति विशेष र गणतन्त्र माथि नै प्रहार हुने गरी कार्यक्रमलाई प्रभावित हुने गरी भड्काउन खोजियो’ घिमिरेले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणकालाई लिएर चितवनमा रवि लामिछाने समर्थकले आन्दोलन चर्काउँदै गरेका छन् । आन्दोलन चर्किँदै गएको र अनुसन्धान नै प्रभावित हुने अवस्था देखिएपछि स्थानीय प्रशासनले आज चितवनको निषेधाज्ञा समेत जारी गरेको थियो ।