रोचक/विचित्र संसार

२४ घण्टामा ७ वटा देशको यात्रा गरेर ‘विश्व रेकर्ड’ कायम

By खबरहब

September 19, 2019

एक दिनमा कुनै एक मानिसले कति स्थानको यात्रा गर्न सक्ला ? केही शहर वा सीमा क्षेत्र नजिक छ भने एक देशबाट अर्को देशसम्मको यात्रा ।

हंगेरीका डेभिड कोवारी नामक ब्यक्तिले मात्रा २४ घण्टामा ७ वटा देशको यात्रा गरेर विश्व कीर्तिमान राखेका छन् । त्यो पनि साइकल यात्रामा । डेभिड नाम गरेका एक व्यक्तिले २४ घण्टामा ७ वटा देशको यात्रा पूरा गरेर विश्व कीर्तिमान कायम गरेका हुन् ।

उनले यात्रामा निस्कनु अघि विश्व रेकर्डको बारेमा जानकारी लिए र त्यसलाई तोड्ने लक्ष्यका साथ साइकल लिएर निस्किए । उनले मात्र २४ घण्टामा ७ वटा देशको यात्रा पुरा गरे ।

यस अघि सन् २०१३ मा २४ घण्टामा युरोपका चारवटा देशको यात्रा गरेर ग्लेन बर्मिस्टर नामका व्यक्तिले विश्व रेकर्ड राखेका थिए । त्यसबेला ग्लेनले चेक गणतन्त्र, अस्ट्रिया, स्लोभाकिया र हंगेरीको यात्रा गरी विश्व रेकर्ड राखेका थिए ।

त्यसको केही समयपछि कास्र्टेन कोहलर नामक ब्यक्तिले पाँचवटा देश घुमेर ग्लनेको किर्तिमान तोडेका थिए । कास्र्टेनले बेल्जियम, नेदरल्याण्ड, जर्मनी, लग्जेम्बर्ग र फ्रान्स घुमेर विश्व रेकर्ड राखेका थिए ।

कास्र्टेनपछि जर्मनीका माइकल मल नामक ब्यक्तिले सन् २०१६ मा इटाली, स्विजरल्याण्ड, लिचेस्टेन्सटीन, अस्ट्रिया, जर्मनी र फ्रान्स ६ वटा देशको यात्रा २४ घण्टामा पुरा गरी कीर्तिमान राखेका थिए ।

माइकलको किर्तीमान तोड्दै डेभिडले पोल्याण्डबाट यात्रा शुरु गरी चेक गणतन्त्र, स्लोभाकिया, अस्ट्रिया, हंगेरी, स्लोभेनिया र क्रोएसियाको यात्रा मात्र २४ घण्टामा पूरा गरे ।

यस क्रममा डेभिडले ५ सय किलोमिटर हाराहारीमा यात्रा गरेका हुन् । डेभिडको नयाँ किर्तीमानलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले मान्यता दिएको छ ।