आर्थिक

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

By खबरहब

May 20, 2019

काठमाडौं– नेपाल बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन आइतबार ६० हजार प्रतितोलामा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोला ५९ हजार ५ सय पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रति तोला ५९ हजार २ सयमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ५९ हजार ७ सय थियो ।

सोमबार चाँदी भने प्रति तोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।