बलिउड/हलिउड

२१ वर्षपछि टुट्यो यो अभिनेताको जोडी, ‘डिभोर्स’ पहिले गर्भवती थिइन् गर्लफ्रेण्ड !

By खबरहब

November 21, 2019

बलिउडमा सम्बन्ध जोडिने र छुट्ने भइरहन्छ । हालै एक अभिनेताको सम्बन्ध टुटेको छ । बलिउड कलाकार अर्जुन रामपाल र उनकी पत्नी मेहर जेसियाले २१ वर्षको आफ्नो वैवाहिक सम्बन्धपछि डिभोर्स दिएका छन् ।

यी दुईको जोडी केही समयअघि नै टुटेको थियो । तर, कानूनी रुपमा बल्ल डिभोर्स दिएका छन् । बलिउडमा अर्को चर्चा के चलेको छ भने, अर्जुन रामपालकी गर्लफ्रेण्ड प्रेगेन्ट छिन् ।

अर्जुन र मोडल समेत रहेकी मेहर जेसियाको बिहे सन् १९९८ मा भएको थियो । यो जोडीका दुई छोरी पनि छन् । सन् २०१८ मा अर्जुन र मेहरले आफूहरु अलग भएको घोषणा गरेका थिए । त्यसपछि अर्जुनले घर छोडेर मुम्बईमा एक फ्ल्याट लिएर बसेका थिए । अहिले दुवैले सहमतिमा डिभोर्स दिएका हुन् ।

अदालतले दुवै छोरीलाई आमासँग राख्ने अनुमति दिएको छ । अर्जुनका छोरीहरु अब बान्द्रामा आमासँग रहनेछन् ।

केही समययता अर्जुन रामपाल गर्लफ्रेण्ड गर्भवती भएका कारण चर्चामा थिए । उनी साउथ अफ्रिकन मोडल गेब्रियल डेमेट्रिएडससँग सम्बन्धमा छन् ।