रोचक/विचित्र संसार

एउटै बाख्राको मुल्य ६५ लाख !

By खबरहब

July 21, 2019

सामान्यतया हाम्रो टोल छिमेकमा एउटा बाख्राको मुल्य बढिमा २५/३० हजार रुपैयाँसम्म पर्छ । तर, सुन्दै पनि तपाईंलाई पत्यार नलाग्न सक्छ एउटा बाख्राको मुल्य ६५ लाख रुपैयाँ तोकिएको छ ।

तर, यो घटना नेपालमा भने होइन । भारतको राजधानी नयाँ दिल्लीका हो । जहाँ बाख्राको मेला लागेको थियो । त्यही क्रममा पुरानो दिल्लीका कबुतर बजारमा छोटे अलीले ल्याएको एक बाख्राको मूल्य ६५ लाख रुपैयाँ तोकिएको थियो ।

त्यो बाख्रालाई मालिकले घाँसको साथमा चना र किसमिस खुवाउने गरेका थिए । उनका अनुसार बाख्रामा ‘अल्ला हुँ’ र ‘७८६’को निशाना छ । त्यही धार्मिक ट्याग लागेका कारण बाख्राको मुल्य अत्याधिक राखिएको हो । इस्लाम धर्ममा ७८६ काे अर्थ ईश्वरको नाममा अर्थात् बिस्मिल्लाही रहमान अर रहीम हुन्छ ।