रोचक/विचित्र संसार

होसियार, सेल्फी लिनेलाई ‘मृत्युदण्ड’ !

By खबरहब

July 21, 2019

सेल्फी लिंदै हुनुहुन्छ ? त्यसो हो भने सतर्क रहनुहोला । किनकी सेल्फी लिनेलाई मृत्युदण्ड सम्मको सजाय हुने भएको छ । तर तपाईं ढुक्क हुनुहोस् यो नियम नेपालको भने होइन ।

थाइल्याण्डको फुटेक आइल्याण्डको चर्चित समुद्री तटमा नियम विपरित सेल्फी लिने पर्यटकलाई अधिकतम सजाय ‘मृत्युदण्ड’ हुने भएको हो । थाइल्याण्डको सुरक्षा अधिकारीले तट नजिकैबाट फ्लाइट हुने भएकाले मानिसहरूलाई सेल्फीमाथि कडाइ गर्दै सजायको चेतावनी दिएको छ ।

सुरक्षाअधिकारीहरुका अनुसार, सेल्फीका कारण विमानस्थलका कर्मचारीहरू हैरान भएका छन् । तर, चेतावनीपछि पनि पर्यटकहरूले सेल्फी भने खिचिरहेकै छन् । थाइल्याण्ड सुरक्षा अधिकारीका अनुसार, नजिकैबाट उडिरहेको विमानका चालकको ध्यान सेल्फी लिनेहरूतर्फ जान सक्ने र खतरा उत्पन्न हुन सक्ने भएकाले पर्यटकहरूलाई चेतावनी दिइएको हो ।

अधिकारीहरूका अनुसार नियम तोड्ने पर्यटकलाई दिइने सजाय भनेको मृत्युदण्ड हो । यसका लागि तटमा एक घेरा बनाइनेछ, जहाँ पर्यटकलाई सेल्फी लिनबाट रोक लगाइनेछ ।