समाचार

ब्रुमरले जति बढारे पनि धुलो ज्यूँ का त्यूँ !

By खबरहब

August 21, 2019

काठमाडौं– काठमाडौँ महानगरपालिकालाई फोहोर मुक्त, स्वच्छ र हरियाली बनाउन ब्रुमर सञ्चालनमा ल्याइएको पाँच महिना बित्यो । पाँच महिनामा ब्रुमरले बाटो बढारेको देखिए पनि धुलो घटेको देखिएन ।

ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए ।

उनले त्यसरी भाषण गरेको झन्डै पाँच महिना यता महानगरमा असंख्य पटक ब्रुमर गुडे । तर सहरको धुलोको समस्या ज्यूँ का त्यूँ रह्यो । सडक पिच नगरिएका तथा भएका खाल्डाखुल्डी नपुरिएकै कारणले ब्रुमरको काम प्रभावकारी हुन नसकेको जनाइन्छ ।

सो कार्यक्रममा मेयर शाक्यले सडक विभाग, मेलम्ची खानेपानी आयोजना, केयुकेएल र महानगरपालिका वातावरण विभागको समन्वयमा काठमाडौँका सडकका खाल्डाहरु पिच गर्ने, ढल व्यवस्थापनलगायत कामको बाँडफाँट गरी कार्यान्वयन गर्ने समेत बताएका थिए ।