सांकेतिक तस्वीर ।

राजनीति

वडा अध्यक्षको निधन

By खबरहब

September 21, 2019

चितवन– भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ ।

भरतपुर महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारीका अनुसार गुरूङको आज बिहान ११ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेजमा निधन भएको हो ।

गुरूङ क्यान्सर रोगबाट पीडित थिए । उनी तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार भई विजयी थिए ।

उनका एक श्रीमती र तीन छोरा छन् । दुई छोरा विदेश भएकाले अन्त्येष्टिका लागि केही दिन लाग्ने भण्डारीले जानकारी दिए ।