टिप्स

फोन नम्बर सोध्न अब १९७ मा फोन गर्न नपर्ने, यस्तो छ उपाय

By खबरहब

December 22, 2019

अब कसैको फोन नम्बर पत्ता लगाउन १९७ मा फोन गर्न नपर्ने भएको छ । नेपाल टेलिकमको वेबसाइटबाटै अब कुनै पनि व्यक्ति तथा संस्थाका टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ ।

थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरू पत्ता लगाउन १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था व्यवस्था रहेकोमा अब टेलिकमको वेवसाइटबाट पनि नम्बरहरु हेर्न मिल्ने भएको हो ।

नेपाल टेलिकमको वेब पेजमार्फत पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको हो । यसका लागि टेलिकमको वेबसाइट https://www.ntc.net.np/pstn मा लगअन गर्नुपर्छ ।

व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरी संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्लाअनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ ।