देश/प्रदेश

बसको ठक्करबाट एकको मृत्यु

By खबरहब

April 22, 2019

काठमाडौं- तारकेश्वर नगरपालिका–८ नेपालटार डाँडागाउँस्थित बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोट घर भएकी ५८ वर्षीय देवकी परियार रहेको प्रहरीले छ । बा ३ ख ५६२९ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ठक्कर दिएर फरार भएको बस र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।