मनोरञ्जन

स्वरकी मात्र होइन, रुपकी पनि धनी छिन् मेलिना राई

By खबरहब

July 22, 2019

मेलिना राईको परिचय खासमा गायिकाको हो । पछिल्लो समय उनले आधुनिक तथा लोकशैलीका गीतमा एकछत्र राज गरेकी छिन् । फिल्मका गीतमा पनि उनकै स्वर सुन्न सकिन्छ ।

देश तथा विदेशका विभिन्न कार्यक्रमले उनको व्यस्तता बढाएको छ । गायिकाको पहिचान बनाएकी मेलिना मोडलभन्दा कम छैनिन् । उनको स्वर सँगसँगै रुपको पनि चर्चा हुने गर्छ । उनले अभिनयमा भने रुचि देखाएकी छैनिन् ।

मेलिनाका लाखौँ फ्यान छन् । सामाजिक सञ्जालमा पनि सक्रिय रहने मेलिनाको रुपमा पनि खुबै चर्चा हुने गर्छ । यी क्युट गायिका स्वरका कारण मात्र नभएर रुपका कारण पनि आफ्नो स्टारडम कायम गरेकी छिन् ।

सुरिलो स्वरकी धनी मेलिनाका केही सुन्दर तस्वीर हामीले यहाँ प्रस्तुत गरेका छौँ । हेरौँ तस्वीर: