देश/प्रदेश

मनोहरा खोलामा बालुवा चोरी गर्दै गरेका गाडी नियन्त्रणमा

By खबरहब

December 23, 2019

भक्तपुर- मनोहरा खोलामा बालुवा चोरी गरेर निकासी गर्दै गरेका बालुवाका गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिले बालुवा चोरीमा संलग्न रहेको अभियोगमा आज बा ४ ख ३४३७, बा ४ ख २३१६, बा २ ख ४४१६ र प्रदेश नम्बर ३–००१–००५ ख ९२५१ को मिनिट्रक नियन्त्रणमा लिएको हो ।

वृत्तका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाका अनुसार सवारी चालक भने फरार रहेकाले उनीहरुको खोजी भइरहेको उनले जानए ।