समाचार

बसको ठक्करबाट घाइते पन्तको मृत्यु, सुकेधारा-चावहिल क्षेत्र तनावग्रस्त

By खबरहब

December 23, 2019

काठमाडौं– आज विहान काठमाडौंको सुकेधारमा गाडीको ठक्करबाट घाइते भएकी गोरखा देउरालीकी सृष्टि पन्तको निधन भएको छ । बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएकोमा  उपचारकाक्रममा उनको मृत्यु भएको हो ।

गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध साथै अन्य सवारी साधनमा आगजनी समेत गरेका छन् ।

बा ४ ख ५९२० नम्बरको बसले पन्तलाई सुकेधारामा ठक्कर दिएको थियो । ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका थिए ।

प्रहरीका अनुसार विद्यार्थीले एउटा गाडीमा आगजनी र अर्को तोडफोड गरेका छन् । विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।