उत्तर प्रदेशका मुख्यमन्त्रीले भने – नेपाल हिन्दुराष्ट्रका लागि तयार हुनेछ

By खबरहब

June 23, 2019

काठमाडौं- भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास गरेको खबर नागरिक दैनिकले छापेको छ ।

लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भवन) मा नेपाली पत्रकारहरुको टोलीसँगको कुराकानीमा मुख्यमन्त्री योगीले भने, ‘हरेक देशको पहिचान हुन्छ । विश्वका हिन्दुहरुले नेपाललाई हिन्दु राष्ट्रका रुपमा चिन्छन् । दुनियाँको भावना समेट्न नेपाल तयार हुनेछ ।’

नेपाल हिन्दु राष्ट्र हुँदा विश्वभरको हिन्दुको नेपालसँग भावनात्मक सम्बन्ध हुने र ३ करोड जनसंख्या भएको नेपालले विश्वका सय करोड हिन्दुको तागत प्रयोग गर्न सक्ने मुख्यमन्त्री आदित्यनाथको भनाइ छ ।

योगीले हिन्दु राष्ट्रमार्फत नेपालले धार्मिक पर्यटनलाई विस्तार गर्न सक्ने बताए ।