रोचक/विचित्र संसार

उमेर ७ वर्ष कमाई २ अर्ब

By खबरहब

July 23, 2019

एजेन्सी– एकपटक सोच्नुस् त ७ बर्षको बालकको आम्दानी कति होला ? तपाईंलाई लाग्छ, ७ बर्षको बालकले पनि कमाई गर्न सक्लान् र ? तर, तपाईंले त्यस्तो सोच्नु भयो भने त्यो गलत हुनेछ ।

नन्हे रेयान नाम गएका एक सात वर्षीय बालकले हरेक हप्ता खेलौनाको रिभ्यू गरेर युट्यूबबाट राम्रो आम्दानी गरिरहेका छन् ।

बीबीसीमा जनाइएअनुसार, रियानले गएको वर्ष मात्र युट्युब च्यालनबाट ११ मिलियन डलर कमाएका थिए । यो वर्ष उनको कमाइ २२ मिलियन डलर अर्थात् २ अर्ब ४७ करोड रुपैयाँ भएको छ ।

अहिले पनि उनले अपलोड गरेको भिडियो युट्यूबमा करोडौं मानिसले हेर्छन् । उनी रेयान टोयजरिभ्यू नामको युट्यूब च्यानल चलाउँछन् ।

यो यूट्यूब च्यानलबाट रेयानले भ्यूअर्सलाई खेलौनाको दुनियाँमा लैजान्छन् । फोर्ब्स म्यागाजिनले उनलाई सन् २०१७ मा अधिक भुक्तानी पाउनेको सूचीमा राखेको थियो । रेयानको एउटै भिडियो ९० करोड भन्दा बढी दर्शकले हेरेका छन् ।