रोचक/विचित्र संसार

यो हो पाँचतारे होटलभन्दा बढी सेवा सुविधा पाइने जेल

By खबरहब

July 23, 2019

एजेन्सी– कुनैपनि अपराधीलाई सजायका लागि पठाइने स्थान हो जेल । त्यसैले जेलको नाम लिने बित्तिकै हामी सम्झन्छौं अँध्यारो कोठा, फोहोर, फलामको डन्डीले घेरेको सिमिति क्षेत्र । तर, विश्वमा यस्ता पनि जेल छन्, जहाँ कुनै पाँचतारे होटलको भन्दा बढी सेवा सुविधा दिइन्छ ।

अष्ट्रियामा रहेको यो जेलको नाम ‘जस्टिस सेन्टर लियोबेन’ हो । जहाँ सुत्न र बस्नका लागि एकदमै आरामदायी कोठा, शारीरिक अभ्यासका लागि फिटनेस सेन्टर, स्पा तथा अन्य निजी कोठा र भिडियो गेम खेल्ने जस्ता सुविधाहरु समेत दिइएको छ ।

२ सय ५ जना कैदी राखिएको जेलमा कैदीबन्दीलाई सानो भन्दा सानो सुविधा समेत उपलब्ध गराइएको छ । यहाँ बस्ने कैदीलाई कुनै जेलमा बसेको भान नै हुँदैन ।

यतिमात्र होइन, यो जेलमा इन्डोर खेलिने सबैप्रकारका खेलहरुको समेत सुविधा छ । हरेक कैदीलाई निजी कोठा दिइएको छ । अनि ति कोठाहरुमा टेलिभिजन, फ्रिज, ल्यापटप र फोनसमेत अनलिमिटेड प्रयोग गर्न छुट दिइएको छ ।