टिप्स

तितेपातीका फाइदा र प्रयोग गर्ने तरिका

By खबरहब

October 23, 2019

धार्मिक कार्यमा समेत उपयोगी हुने तितेपातीमा धेरै औषधीय गुण हुन्छन् । तितेपाती खाने भन्दा पनि शरिरका बाहिरी अङ्गमा प्रयोग गर्न बढी लाभदायक मानिन्छ ।

जहाँ तहीँ पाइने तितेपातीमा औषधीय गुण हुन्छ भन्ने कुरा थाहा भए पनि यसको प्रयोगबारे सबैलाई थाहा हुँदैन । तितेपातीको प्रयोगबारे यहाँ प्रस्तुत गरिएको छ ।

तितेपातीको तेलबाट हाड दुखाइको औषधि, चिलाउने रोगको औषधि, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउने अनेकौँ सम्भावना रहेको विज्ञहरू बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयका वनस्पति अध्येता सञ्जय झाले तितेपातीको तेल निकालेर बनाएको ट्याब्लेटबाट खाद्यान्नका घुनकीरा मार्न प्रयोग भइरहेको बताए ।

उनका अनुसार बाली भित्र्याउनुअघि र पछि चार–पाँच दिनसम्म यस औषधिलाई भाँडामा राखेर छर्किँदा कीरा भाग्ने गर्छन् । तितेपातीको प्रयोगले मलेरिया निको पार्न सकिन्छ ।

यस्ता छन् फाइदा

कसरी उपयोग गर्ने ?