सुरक्षा

सेनाको जागिर छाडेर भागेका एक जना पेस्तोलसहित पक्राउ

By खबरहब

December 24, 2019

काठमाडौं– नेपाली सेनाको जागिर छाडेर भागेका एक जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।

काठमाडौंको कपन बस्ने रामेछापको मन्थली नगरपालिका–१३ का ३५ वर्षीय रोशन वर्देवालाई प्रहरीले पेस्तोलसहित मंगलबार पक्राउ गरेको हो ।

नलकटुवा पेस्तोलसहित पक्राउ परेका वर्देवाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।