मनोरञ्जन

स्कूल ड्रेसमा परीक्षा दिन पुगिन् करिश्मा (भिडियो सहित)

By खबरहब

March 24, 2019

काठमाडौं– अभिनेत्री करिश्मा मानन्धर एसईई परीक्षमा सहभागी भएकी छिन् । परीक्षा दिनका लागि उनी डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्र पुगेकी थिइन् ।

त्रिवेणी माविबाट कक्षा आठबाट नियमित अध्ययन गरिरहेकी मानन्धर एसीईईमा सहभागी भएकी हुन् ।

परीक्षा केन्द्रमा जानुअघि करिष्मालाई कोरियोग्राफर गोविन्द राईले टीका लगाएर शुभकामना दिएका थिए ।

उनी निजी सवारीमा स्कूल ड्रेस लगाएर परीक्षामा सहभागी भएकी थिइन् । करिश्मा मानन्धरको केन्द्रमा सञ्चारकर्मीको बाक्रलो उपस्थित भएका थिए ।

यस्तै आजबाट शुरु भएको एसईईमा सांसद शान्ता चौधरी पनि सहभागी भएकी छिन् ।

यस्तो छ भिडियो