प्रतिकात्मक तस्वीर

टिप्स

वाइफाइ नचलेर हैरान हुनुहुन्छ ? यस्तो घरेलु उपाय अपनाउनुस्

By खबरहब

May 24, 2019

तपाईं घरमा वाइफाइ नचलेर हैरान हुनुहुन्छ ? इन्टरनेट प्रदायकलाई रकम तिरेपनि नेट स्लो वा वाइफाइको सिग्नल कमजोर आएका कारण दिक्क भएकाहरुलाई राहत हुने भएको छ ।

शोधकर्ताहरुले वाइफाइ कमजोर भएको खण्डमा उपाय अपनाउने तथ्य फेला पारेका छन् ।

शोधकताहरुले वाइफाइ राउटरको एन्टिनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले वाइफाइ तरंग मजबुत हुने तथ्य पत्ता लगाएका छन् ।

अमेरिकाको डार्टमाउथ विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार राउटर एन्टेनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले नेटवर्कमा सम्भावित दखल पनि कम हुने र यसले इन्टरनेट कनेक्सनको सुरक्षालाई पनि बढाउने दाबी गरेका छन् ।

राउटरको एन्टेना सबै दिशाका लागि हुन्छ, अर्थात् सिग्नल सबैतर्फ फिजिन्छ । तर आल्मुनियम फोइल लगाउनाले तरंगले एक दिशामा काम गर्न थाल्छ, जसले तपाईलाई फाइदा पुग्न सक्छ ।

डार्टमाउथका शोधकर्ता इन्जिनियरका अनुसार यसले कुनै भवनभित्र वायरलेस संरचनाको क्षमता बढाउँन मद्दत गर्छ ।  यसले भवनको इन्टेरियर डिजाइन, विभाजन तथा अन्य रोकावटको प्रभावलाई कम गर्न सहयोग गर्छ ।

आल्मुनियमको पाता लगाउँदा पनि केही कुरामा ध्यान पुर्‍ याउन जरुरी हुन्छ । त्यसका लागि पातालाई यसरी प्रयोग गर्न जरुरी छ कि यसले जसले गर्दा वाइफाइको सिग्नललाई तपाईले चाहेको कोठा तर्फ फर्काउन सकोस् ।

केही क्षेत्रमा तरंग रोक्नाले केही फाइदा पनि हुनछन् । जस्तै काँचका झ्याल लगायतका चिजमा तरंग ठोक्किएर परावर्तन हुने र त्यसले इन्टरनेट कनेक्सनलाई प्रभाव पार्ने जोखिम पनि कम हुन्छ ।

इन्टरनेट तरंगलाई यसरी दिशा प्रदान गर्दा विभिन्न अवरोधमा कमी त आउँछ नै यसले वाइफाइको सुरक्षामा पनि वृद्धि गर्दछ ।

किनकी आल्मुनियम फोइलले वाइफाइ ह्याक गर्ने प्रयत्नमा रहेकाहरुसम्म वा साइबर हमलाकारी तपाईको वाइफाइ सिग्नल सम्म पुग्न सक्दैनन् । यस्तो आल्मुनियम प्यानल घरमै पनि तयार गर्न सकिन्छ । जसका कारण वाइफाइ सिग्नल कमजोर हुने र वाइफाइ अरुले चोर्ने समस्या कम हुन्छ । एकपटक प्रयोग गरेर हेर्ने कि ?