रोचक/विचित्र संसार

पर्यटक भित्र्याउन यौन पार्क बनाइदै

By खबरहब

July 24, 2019

पर्यटकलाई आकर्षित गर्त विभिन्न देशहरुले आ–आफ्नै शैलीको पर्यटक गन्तब्य बनाउने गरेका छन् । थाइल्याण्डले यौन टुरिजमलाई केन्द्रविन्दु बनाएर अघि बढेपछि थाइल्याण्ड अहिले विश्वको आकर्षणको केन्द्र बनेको छ ।

अहिले यस्तै सिको गर्न शुरु गरेको छ ताइवानले । त्यहाँ बढी मात्रामा पर्यटक भित्राउने उद्देश्य अनुरुप ‘यौन पार्क’ बनाउन शुरु गरिएको छ ।

ताइवानस्थित टापुको दक्षिणी भागमा १० हजार वर्गमिटर क्षेत्रमा बनाउन लागिएको त्यो पार्क दक्षिण कोरियामा निर्मित ‘जेजु लभल्याण्ड पार्क’ जस्तो हुनेछ ।

जेजु लभल्याण्ड पार्कमा अहिले १ सय ४० वटा अश्लिल मूर्ति छन् । त्यहाँ पुग्ने पर्यटकहरुले ती अश्लिल मूर्तिका सामु बसेर फोटो खिच्न तँछाडमछाड गर्छन् । त्यही देखेर ताइवान सरकारले पनि त्यस्तै खालको पार्क निर्माण गर्ने योजना बनाएको हो ।