रोचक/विचित्र संसार

महिलाले वक्षस्थल देखाए ५० कोर्रादेखि ३ वर्षसम्मको कैद !

By खबरहब

July 24, 2019

सामान्यतया महिलाले सार्वजनिक स्थानमा या सबैले देख्ने गरि वक्षस्थल देखाएर हिंडेमा अश्लिलताको संज्ञा दिइन्छ ।

यसरी हिड्नुलाई कानूनले पनि छुट दिँदैन । तर, सबै ठाउँमा यो कानून लागू हुन्छ भन्ने छैन । स्थान विशेषमा फरक–फरक अभ्यास हुँदै आएको पाइन्छ ।

थाइल्याण्ड लगायत समुन्द्रको तीरमा बक्षस्थल देखाउनु कुनै नौलो होइन । तर, त्यही कुरा मुस्लिम देशहरु कतार, साउदीमा देखाउनु भनेको ठूलो अपराध हो । आज हामीले यहाँ केही देशहरुमा हुने गरेको अभ्यासको प्रसङ्गको चर्चा गरेका छौं–

रुसः कानून अनुसार रुसमा महिलाले अर्धनग्न भएर तस्वीर खिचाएको पाइएमा ५ हजार रुपैयाँ बराबरको आर्थिक सजाय भोग्नुपर्ने कानून छ । यद्यपि यो कानूनलाई ठाउँ विशेष मात्र कडाई गरिएको छ ।

मेक्सिको त्यहाँको कानून अनुसार जनतालाई आफ्नो घरमा बन्दुक राख्न छुट छ । तर, कोही महिलाले सार्वजनिक रुपमा आफ्नो वक्षस्थल देखाएमा ५० युरो बराबरको जरिवाना तिर्नुपर्छ ।

ब्राजिल ब्राजिलमा अंग प्रदर्शनविरुद्ध निकै कडा कानून छ । कसैले सार्वजनिक स्थलमा वक्षस्थल प्रदर्शन गरेमा ३ वर्ष सम्मको जेल सजाय हुन सक्छ ।

सुडान सुडानको कानून अनुासर वक्षस्थल देखाउने महिला तथा युवतीलाई ५० कोर्रा सम्म हिर्काइन्छ ।

इराक इराकमा वक्षस्थल प्रदर्शन गर्ने महिलाहरुलाई कुटपिट गर्ने मात्र होइन र जेलमा समेत हालिन्छ ।

यूएइ यहाँ वक्षस्थ्ल सार्वजनिक रुपमा देखाउने महिलालाई ६ महिनाको कैद हुन्छ ।तर प्रायजसो देशहरुमा ठाउँ विशेष बाहेक पर्यटकलाई भने छुट दिइएको पाइन्छ ।