समाचार

कांग्रेस पार्टी कार्यालयमा नेविसंघ र प्रहरीबीच झडप, २० भन्दा धेरै घाइते

By खबरहब

February 24, 2019

काठमाडौं– नेपाली कांग्रेस निकटका विद्यार्थीहरुले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा नेविसंघका विद्यार्थी र प्रहरीबीच झडप भएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचका विद्यार्थीबीच नेविसंघमा ३२ वर्षे उमेरहद हुनुपर्ने र नपर्ने विषयमा विवादभएसँगै विवादको अवस्था बनेको थियो ।

प्रहरीको लाठीचार्जबाट २० भन्दा बढी नेता कार्यकर्ता घाइते भएको नेविसंघ नेता प्रेमराज जोशीले बताए ।

नेविसंघका कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले लाठि चार्ज गरेको प्रहरीले बताएको छ ।

पार्टीभित्र अन्तरघात, अराजकता र अनुशासन हिनताको विरुद्धमा भन्दै नेविसंघकाले कांग्रेस पार्टीकार्यालय सानेपा मौन प्रदर्शन आह्वान गरेको थियो ।

आज कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा बस्ने कार्यक्रम छ ।