इनसाइट/स्पेशल

ललितपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जोड

By खबरहब

February 25, 2019

ललितपुर– नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दक्षिण ललितपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सुझाव दिएका छन् ।

महाङ्काल गाउँपालिका वडा नं ३ गोटीखेलमा आयोजित ‘श्रीमद्भागवत एवं शिवपुराण ज्ञानमहायज्ञ’ उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ललितपुरमा पर्यटकीय गणतव्यका थुप्रै सम्भावना भएकाले स्वदेशी मात्र नभई विदेशी पर्यटक पनि उत्तिकै भित्र्याउन आवश्यक देखिएको बताए ।

ललितपुरका स्थानीय, प्रदेश र सङ्घीय सरकार मिलेर छिट्टै विकास समिति गठन गरी अघि बढ्न वरिष्ठ नेता नेपालले सबैलाई आग्रह गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य लालकुमारी पुनले दक्षिण ललितपुरको विकास गर्न लेलेबाट ठूलादुर्लुङसम्म छोटो सडक विस्तार गर्न लागिएको जानकारी दिइन् ।