रोजगार

३७ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)

By खबरहब

December 26, 2019

काठमाडौं– नेपाल सरकारका ३७ उपसचिव सहसचिवका लागि बढुवा सिफारिस गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समिति सचिवालयले नेपाल प्रशासन सेवाका ३७ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

समितिको बुधबार बसेको बैठकले कार्यक्षमता मूल्यांकनको आधारमा बढुवाका लागि सिफारिस गरेको जनाइएको छ ।

यसरी वढुवा सिफारिस हुनेहरुमा सुरेश प्रसाद नेपाल,भेष बहादुर कार्की,बैकुण्ठ निधि शर्मा,ध्रुव कुमार पोखरेल,भिमसेन तिमिल्सिना,शान्ता भट्टराई (अधिकारी),ध्रुव गैडा,कृष्णप्रसाद पराजुली,शैलजा रेग्मी,सरोजप्रसाद गुरागाँई,बाबुराजा श्रेष्ठ,राजिव पोखरेल,शिवादेवी दाहाल,शक्भु प्रसाद मरासिनी,दिपकराज नेपाल,पुण्य विक्रम पौडेल,केशव प्रसाद विमली,ज्ञान प्रुाद ढकाल, लगायत छन् ।

यस्तै सूचना प्रविधि विज्ञमा अनिल कुमार दत्त बढुवा सिफारिसमा परेका छन् । रमेश प्रसाद पौडेल,भक्त बहादुर ढकाल र दामोदर गौतम पनि बढुवा सिफारिस भएका छन् ।

बढुवाका लागि सिफारिसहरुको सूची