रोचक/विचित्र संसार

लाइभ कार्यक्रममै पाकिस्तानी नेताले पत्रकारको गालामा थप्पड हानेपछि (भिडियो सहित)

By खबरहब

June 26, 2019

एजेन्सी– टेलिभिजन कार्यक्रमको विशेष गरी बहसहरुमा गेष्ट र एक्करबीच चर्काचर्की हुने गरेको, गेष्ट–गेष्टबीच लाइभ कार्यक्रममै टकराव हुने गरेको तथा गेष्टबाट प्रस्तोतालाई धम्कीसम्म दिने गरेको घटना देखिन्छन् ।

तर, हाल पाकिस्तानमा भने एक नेताले लाइभ कार्यक्रमै पत्रकारलाई धकेलेर लडाएको र पुनः गालामा थप्पड होनेको भिडियो भाइरल बनेको छ ।  पाकिस्तानको एक टिभी च्यानलका पत्रकार ‘लाइभ शो’मै कुटिएका हुन । ‘के २१ न्युजमा न्युज लाइन विथ आफताब मुगेरी शो’ मा सत्तारूढ दल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का नेता मसरूर अली सियालले पत्रकारलाइ कुटपिट गरेका हुन् ।

उनले बहस चलिरहँदा पत्रकारलाई धकेलेर भुइँमा लडाए। त्यसपछि पुन उठाएर गालामा थप्पड हाने। लाइभ शो मै भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । घटनापछि पीटीआईको आलोचना भइरहेको छ।

यस्तो छ भिडियो