रोचक/विचित्र संसार

चार हजार वर्षयता निभेको छैन यो आगो

By खबरहब

July 26, 2019

काठमाडौं– सुन्दा अचम्म लाग्न सक्छ । यहाँको यो आगो चार हजार वर्षदेखि निभेको छैन । तर, वास्तविकताको हो । अजरवैजानको यानार डागको पहाडमा बलेको आगो चार हजार वर्षयता निभेको छैन ।

आगोको भूमि भनी चिनिने उक्त क्षेत्रमा प्राकृतिक ग्याँसको भण्डार भएकाले ग्याँस निरन्तर बलिरहेको हो । पाचौं शताब्दीमा यानार डागमा पुगेका फ्रान्सेली यात्री पार्को पोलोदेखि लेखक अलेक्जेन्डर डुमास समेतले प्राकृतिक आगोको ज्वाला देखेको उल्लेख गरिएको छ ।

वैज्ञानिक अनुसन्धानबाट त्यस क्षेत्रमा ठूलो ग्याँस भण्डार रहेकाले पहाडको छेउमा आगो बल्ने गर्छ । आगो बल्न कसरी शुरु गर्यो भन्नेबारे पनि विभिन्न भनाइ छन् ।

कतिपयले दैवि शक्तिमा विश्वास गर्छन् । जतिसुकै आँधी, हिमपात र पानीले पनि आगो निभाउँदैन । यही आगोका कारण अजरबैजानलाई अग्नि भूमि पनि भनिन्छ ।