पर्यटन

पर्यटन मन्त्री भट्टराईले अघि सारेका महत्वपूर्ण ३ योजना

By खबरहब

August 26, 2019

काठमाडौं– पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्ययोजनामा केहि महत्वपूर्ण योजना सार्वजनिक गरेका छन् ।

मन्त्री भट्टराईले आगामी ६ महिनाभित्र युरोपियन युनियनले युरोपियन आकाशमा नेपाली वायु सेवामाथि लगाएको प्रतिबन्धको सूचीबाट हटाउन आवश्यक सबै पूर्व शर्तहरु पूरा गर्ने योजना बनाएका छन् ।

मन्त्री भट्टराईले सार्वजनिक गरेको यो योजना आगामी फेब्रुअरी अर्थात् भ्रमण वर्ष २०२० शुरु भैसकेको अवस्थामा पूरा हुने बताए ।

यस्तै मन्त्री भट्टराईले अगाडि सारेको अर्को महत्वपूर्ण योजना भनेको सन् २०२० को मार्चमा गर्ने योजना बनाइएको ‘टुरिजम इन्भेस्टमेन्ट समिट’ हो ।

नेपालले सम्पन्न गरेको महत्वपूर्ण २ वटा पूर्वाधार लगानी सम्मेलनमा आशा गरे अनुसारको लगानी नआएको चर्चा चलिरहेको बेला यो सम्मेलनको आयोजना गर्नु चुनौती पूर्ण पनि छ ।

यसैगरी अर्को महत्वपूर्ण योजना भनेको ७० वर्षमाथिका जेष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने कार्यक्रम ३ महिना भित्र लागू गर्ने योजना पनि हो ।

मन्त्री भट्टराईले सार्वजनिक गरेको कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भए पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले ठूलो फड्को मार्नेछ ।