रोचक/विचित्र संसार

जहाँ हिमनदीको गरियो अन्तिम संस्कार (फोटो फिचर)

By खबरहब

September 26, 2019

केही मानिसले आफ्ना आफन्तको मृत्यु हुँदा समेत अन्तिम संस्कार गर्दैनन् । तर स्वीजरल्याण्डमा भने एक ग्लेशियर अर्थात बरफका टुक्राहरु बग्ने हिमनदीको अन्तेष्टि तथा अन्तिम यात्रा गरिएको छ ।

सुन्दा अचम्म लाग्न सक्छ, तर वास्तविकता के हाे भने ग्लोबल वार्मिङका कारण पिजोल नामक हिमनदीको अस्तित्व  सकिदै गएपछि  हिमनदीलाई मृत घोषित गर्दै अन्तेष्टि गरिएको हो ।

अन्तिम संस्कारमा करीब २५० जना नागरिक सहभागी भएका थिए । कालो कपडा पहिरिएर २ घण्टा उकालो तथा करिब २७०० मिटर हिमाली उचाईमा पुगेर उनीहरुले पिजोल हिमनदीको अन्त्येष्टि गरेका हुन् ।

 

पिजोल हिमनदी उत्तर पूर्व स्वीजरल्याण्ड र अस्ट्रियाको सिमा नजिा अवस्थित रहको थियो । तीब्र रुपमा हिउँ पग्लिएर अस्तित्व लोप भएको पिजोल ग्लेशियरको अन्तिम विदाईमा विभिन्न देशका वैज्ञानिकहरु उपस्थित भएका थिए ।

पिजोल ग्लेशियरमा रहेको हिउँ सन् २००६ यता नै ८० प्रतिशत पग्लिसकेको थियो । उक्त हिमनदी सन् १९८७ मा ३ लाख २० हजार वर्ग किमी क्षेत्रमा फैलिएको थियो ।

यसअघि अगस्ट महिनामा पनि आइसलैण्डमा पग्लिएर अस्तित्व सकिएको एक ग्लेशियरको अन्तिम संस्कार गरिएको थियो ।