रोचक/विचित्र संसार

बेवकुफ भनेको निहुँमा विवाह भएको तीन मिनटमै डिभोर्स

By खबरहब

July 27, 2019

एजेन्सी– विवाह बन्धनमा बाँधिएको तीन मिनेटमै छोडपत्र भयो भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर, नपत्याई पनि सुखै छैन ।

हुन त यो घटना नेपालको भने होइन । सञ्चार माध्यमहरुमा जनाइएअनुसार कुवेतमा एक जोडी विवाह गरेको तीन मिनेटमै अलग भएका छन् ।

यो विवाह कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएकोसमेत बताइएको छ ।

समाचार साइट डेली मेलमा उल्लेख भएअनुसार अदालतमा भएको विवाहको सम्झौता पत्रमा हस्ताक्षर गरेर निक्लने बित्तिकै बेहुलीले डिभोर्स गरेकी थिईन ।

अदालतमा जाँदै गर्दा बाटोमा बेहुली चिप्लिएको र त्यही समयमा बेहुलाले ‘बेवकुफ’ भन्दै गाली गरेपछि बेहुलीले छोडपत्र गरेकी हुन् ।