रोचक/विचित्र संसार

छ दिन पाँच रात लगातार पढेर जोशीले राखे गिनिज बुकमा रेकर्ड

By खबरहब

September 27, 2019

काठमाडौं– लगातार १सय२४ घण्टा ३० मिनेट किताब पढेर मुकेश जोशीले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएका छन् ।

छ दिन पाँच रात लगातार किताब पढेका जोशीले विश्व किर्तिमानी बनाएका छन् । सुदुरपश्चिम प्रदेशको पहाडि जिल्ला बझाङका जोशीले उक्त समय पुरा गर्न २२ किताब बढेको आयोजक गिनिज इभेण्टले जनाएको छ ।

जोशीले असोज ५ गते बिहान ११ः३० बजेदेखि पढ्न शुरु गरेका थिए भने शुक्रबार दिउँसो ४ः१० बजेसम्म पढेका हुन् ।

यसक्रममा उनले इतिहास, विभिन्न प्रख्यात व्यक्तिहरूको जीवनी तथा अन्य उपलब्ध किताब पढेको बताए ।

यसभन्दा अगाडि यो विधामा नेपालकै दीपक शर्माको नाम थियो । उनले ११३ घण्टासम्म पढेर सन् २००८ मा गिनिज बुकमा नाम लेखाएका थिए । जोशीले प्रमाणपत्र पाउन भने बाँकी रहेको छ ।