पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनाग्रस्त

By खबरहब

February 27, 2019

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनमा परेको छ ।

ताप्लेजुङबाट तेह्रथुम हुँदै काठमाडौं फर्किने गरी उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार थिए ।

हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार रहेका जानकारी प्राप्त भएकाे छ ।

प्रहरीका अनुसार ताप्लेजुङस्थित पाथीभर मन्दिरको दर्शन गरेर मन्त्री अधिकारीसहितको टोली चुहानडाँडा विमानस्थल निरीक्षणका लागि गएको थियो ।

चुहानडाँडा नजिकै हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।