एथलेटिक्स

लण्डन म्याराथन– पुरुष र महिला तर्फको उपाधि केन्याली नागरिकले जिते

By खबरहब

April 28, 2019

एजेन्सी – लण्डन म्याराथनमा केन्याका धावक इल्युड किपचोगे प्रथम भएका छन् ।

लण्डन म्याराथनको ३९ औं संस्करणको प्रथम भएका उनले नयाँ किर्तिमानी बनाउनुका साथै तिव्र गतिमा दौडिन दोस्रो धावक बनेका छन् ।

यसअघि उनले गएको वर्ष बर्लिन म्याराथनमा पनि विश्व किर्तिमानी बनाएका थिए ।

लण्डन म्याराथनमा प्रथम भएका उनले ४२ किलोमिटरको दूरी २ घण्टा २ मिनेट ३८ सेकेन्डमा पुरा गरेका छन् ।

यस्तै, महिला तर्फको विजेता केन्याकै ब्रिगिड कोसगिइ बनिन् । प्रथम भएकी उनले कम उमेरमा लण्डन म्याराथन जित्ने महिलाको किर्तिमानी समेत बनाएकी छन् । कोसगिइ २५ वर्षे केन्याली नागरिक हुन् ।