समाचार

युवतीमाथि ‘सिरिन्ज’ आक्रमण गर्ने एक जना पक्राउ

By खबरहब

June 28, 2019

काठमाडौं— काठमाडौं उपत्यकामा युवतीमाथि सिरिन्ज आक्रमण गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीयय प्रहरी परिसर काठमाडौंबाट परिचालन भएको विशेष टोलीले सिरिञ्ज आक्रमणको आरोपमा ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको हो । उनलाई महाराजगन्ज क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो एक महिना यता पटक–पटक काठमाडौं उपत्यकामा सिरिन्ज आक्रमणका घना घटेका छ । एक महिनामा ९ जनामाथि आक्रमण भएको छ भने ६ जनाले प्रहरीमा उजुरी समेत दिएका छन् ।

कुन उद्देश्यले सिरिन्ज आक्रमण गरिएको हो यसबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।