रोचक/विचित्र संसार

अब स्कुटरमा गुड्ने होइन उड्ने, यस्तो छ विशेषता

By खबरहब

August 28, 2019

अहिले सूचना तथा प्रविधिको विकासले तीब्र रुपमा फड्को मारिरहेका छ । संसारभर दिनहुँ जसो नयाँ नयाँ आविस्कार हुँदै भइरहेका छन् । यही मेसोमा चीनको झाओ डेली नामक व्यक्तिले एक अनौठो उड्ने मेसिन बनाएका छन् । ती व्यक्तिका अनुसार यो विश्वको पहिलो उड्ने फ्लाइङ स्कुटर हो ।

झाओले चीनको ग्वाङडोङ प्रान्तको डोंगआन शहरमा केही समय अघि मात्र आफ्नो पहिलो फ्लाइङ स्कुटरको परिक्षण गरेका थिए । परिक्षण सँगै झाओले स्कुटरको पहिलो भिडियो समेत सार्वजनिक गरे ।

उनले बर्षौं लगाएर तयार गरेको फ्लाइङ स्कुटरमा एकजना चालक मात्र बस्न मिल्छ । उनको भनाइ अनुसार त्यो स्कुटरमा एयरक्राफ्ट मार्फत २२० किलोग्रामको तौल बोक्न सकिन्छ र स्कुटरको रेस ७० किलोमिटर प्रति घण्टा छ ।

झाओले यो स्कुटरको नाम ‘जिन डोऊ यून’ राखेका छन् । जसको अर्थ चाइनिज सुपर मंकी राजाद्वारा चलाइएको एक बादल हुन्छ । उनले सो मेसिनको परिक्षण १५ सय भन्दा पनि बढी पटक गरेको जनाइएको छ ।