पर्यटन

प्रधानमन्त्री ओलीलाई पर्यटनमन्त्री भट्टराईको निमन्त्रणा

By खबरहब

December 29, 2019

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा विशिष्ट अतिथिको सहभागिताका लागि निमन्त्रणा दिएका छन् ।

पर्यटनमन्त्री भट्टराईले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर भ्रमण वर्षको निमन्त्रणा दिएका हुन् । पर्यटनमन्त्रीका साथमा उर्जा मन्त्री वर्षमान पुन लगायत प्रधानमन्त्री निवास पुगेका थिए ।

भ्रमण वर्षको उद्घाटन सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) दशरथ रङ्गशालामा भव्य समारोहका बीच हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् । पर्यटन वर्षको शुभारम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।