आर्थिक

कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव, दैनिक ५ सय पर्यटकलाई निकुञ्ज घुमाइने

By खबरहब

March 29, 2019

महेन्द्रनगर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धनका लागि शुक्रबारदेखि ‘शुक्लाफाँटा पर्यटन महोत्सव’ शुरु भएको छ ।

भीमदत्त नगरपालिकाको संयोजनमा कञ्चनपुरका सबै स्थानीय तह र सरोकारवालाको सहकार्यमा शुरु भएको महोत्सव २१ गतेसम्म चल्ने छ ।

‘शुक्लाफाँटाको भ्रमण गरौं, पर्यटनक भ्रमण वर्ष २०२० सफल पारौं’ भन्ने नाराका शाथ शुरु भएको महोत्सव अवधिभर दैनिक ३ देखि ५ सय पर्यटकलाई शुक्लाफाँटा निकुञ्जमा घुमाइने लक्ष्य लिइएको छ । पर्यटक घुमाउनका लागि आवश्यक पर्ने १५ वटा सवारी साधनको व्यवस्था गरिएको जनाइएको छ ।

महोत्सवको शुक्रबार कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सांसद दीपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले संयुक्त रुपमा उद्घाटन गरे ।