रोचक/विचित्र संसार

यो हो दुनियाको अनौठो आलु होटेल !

By खबरहब

July 29, 2019

काठमाडौं–आलु अधिकांशमा भान्सामा उपलव्ध हुने तरकारी हो । हरेक जसो तरकारीमा आलु मिसाइन्छ । यो सर्वसुलभ पनि छ । आलुको परिकार मन नपराउने कम नै मानिस होलान् । यसका विभिन्न खालका परिकार बनाउन सकिन्छ ।

आलुबाट बिजुली बालेको समाचार लोडसेडिङको बेलामा नेपालमा निकै चर्चामा थियो ।

आलुबारे हामी यहाँ यस्तै एक अनौठो खबर प्रस्तुत गर्दैछौं । विश्वमा आलुले बनेको यस्तो स्थान छ जहाँ जान मानिसले लाखौं रुपैयाँ खर्च गर्ने गरेका छन् ।

तपाईलाई अनौठो लागेको होला । यहाँ जान मानिस किन मरिहत्ते गर्छन् भनेर । खासमा त्यहाँ आलुको दाना भित्र बस्न मिल्ने सुविधासम्पन्न होटेल रहेको छ ।

आलुको दानाभित्र त्यो पनि लग्जरी होटेलमा रात विताउन पाउने भएपछि मानिसहरुलाई के चाहियो र ।

विलासी होटल रहेको उक्त आलुको तौल ६ टन रहेको छ । उक्त आलु होटेल भित्र छिर्दा जो कोही पनि दंग पर्दछ । यो होटेलमा एक रात बस्नका लागि २ सय ४७ डलर तिर्नु पर्दछ ।

यो आलु होटेलमा एक पटकमा दुई जना पाहुना बस्न सक्दछन् । यसको इन्टेरियर डिजाइन निकै सुन्दर छ । मानिसहरुलाई खाने र बस्ने निकै राम्रो सुविधा रहेको छ ।