रोचक/विचित्र संसार

कारको छतमा चढेर यी युवतीले बीच सडकमै देखाइन् तमासा

By खबरहब

July 29, 2019

बीच सडकमा रोकिएको कारको छतमा एक युवतीले देखाएको तमासा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

घटना छिमेकी मुलुक चनिको हो । पति–पत्नीबीच झगडा परेपछि ती महिला कारको छतमा उक्लिएर तमासा देखाउन थालेकी हुन् ।

शियाङ्शीमा भएको यो घटनामा उनी कारको छतमा चार मिनेटसम्म उभिएकी थिइन् । उनको हर्कतका कारण ट्राफिकमा अवरोध पुगेको थियो । उनका पतिलाई पछि प्रहरीले पक्राउ गरेको थियो ।

घटनाको भिडियो भाइरल भएपछि प्रहरीले पति सवारी चालक अनुमतिपत्र विना नै गाडी चलाउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । घटना केही समय पहिलेको हो, पतिपत्नीले एसयूभीभित्र झगडा गरेका थिए ।

सेतो होन्डा एसयूभी चौबाटोमा ट्राफिक लाइटमा रोकिएको बेलामा अचानक महिला कारबाट बाहिर निस्किइन र पतीसँगको रिस कारमाथि उक्लेर पोख्न थालिन् । उनले आफ्नो पतिले आफूलाई बेवास्ता गरेको भन्दै यस्तो रिस पोखेको बताएकी छिन् ।

रिसको सुरमा उनले छतमा गोडा बजारेकी थिइन् । ट्राफिक बत्ती हरियो भएपछि पनि महिला एसयूभीको छतमा बसिरहिन् अनि आफू र अन्य चालकहरूलाई जोखिममा पारिन् । अन्य चालकले त्यो कारबाट बचेर गाडी हाँकेको देखिन्छ । केही समयको अन्तरालमा उनी पुनः छतबाट ओर्लिएकी थिइन् ।

पतिलाई लाइसेन्स नबोकेकोमा १२ सय ५० युआन जरिवाना गरियो र १४ अंक घटाइयो । पत्नीलाई चेतावनी दिएर छोडियो ।