रोचक/विचित्र संसार

त्यस्तो गाउँ जहाँ छोरा नै जन्मिदैनन् !

By खबरहब

July 29, 2019

हरेक ठाउँमा छोरा र छोरी समान रुपमा जन्मिने सबैको अनुमान हुन्छ । तर कुनै ठाउँमा छोरा त कुनै ठाउँमा छोरी तुलनात्मक रुपमा बढि जन्मिने गरेको हुन सक्छ । नेपालमै पनि छोरीको संख्या केही बढी छ ।

एउटा त्यस्तो गाउँ छ, जहाँ छोरा नै जन्मिँदैनन् भन्ने  तपाईलाई पत्यार नलाग्न सक्छ । तर, यो वास्तविकता हो । कुरा हो युरोपेली मुलुक पोल्याण्डको । चेक गणतन्त्रसँग सीमा जोडिएको दक्षिणी पोल्याण्डको मेसे ओद्रान्स्के गाउँमा छोरा नै जन्मिँदैनन् ।

विगत ९ वर्षयता यस गाउँमा छोराको जन्म भएको छैन । त्यहाँ अझै पनि बसोबास गरिरहेको सबैभन्दा कान्छो पुरुषको उमेर १२ वर्षको छ । सोही कारण गाउँका करिब ३ सयजति बासिन्दामध्ये अधिकांश महिला मात्र छन् ।

त्यसबाहेक त्यहाँको प्रशासन मातहतमा काम गर्ने अधिकांश कर्मचारी पनि महिला मात्र छन् । त्यहाँको फायर ब्रिगेड, स्वास्थ्य चौकी र अन्य कार्यालयमा पनि महिला कर्मचारीको मात्र बर्चश्व छ ।

गाउँको प्रशासनले त्यहाँ किन छोरीको मात्र जन्म हुन्छ भन्ने विषयमा ऐतिहासिक अभिलेखको पुनरावलोकन गर्ने भएको छ । जन्मदर्ताको अभिलेख पुनरावलोकनपछि त्यहाँ किन छोरीमानिसको मात्र जन्म हुन्छ र छोराहरुको जन्म किन दुर्गम छ भन्ने विषयको जानकारी मिल्ने बताइएको छ ।

छोरा मानिसको जन्मदर बढाउने हेतुले गाउँको प्रशासनले नयाँ जुक्ति निकालेको छ । छोरा जन्माउने पहिलो दम्पतीलाई पुरस्कार दिने घोषणा समेत गरेको छ । गाउँ प्रशासनको उक्त घोषणापछि त्यहाँका बासिन्दाहरु एकतर्फ खुशी भए पनि अर्कोतर्फ अझ धेरै छोरीको जन्म हुने हो कि भन्ने चिन्ताले समेत  पिरोल्ने गरेको छ ।